राष्ट्रपतिलाई पूर्व लडाकुको पत्र

                                                                             -दीपशिखा शर्मा

महामहिम राष्ट्रपति ज्यू !

हार्दिक नमन !

बर्षौंबर्षको युद्दविरामपछि जल्लादहरुद्धारा बर्साइएका गोलीका छर्राहरूले क्षतविक्षत भएको शरीर बोकेर यो पत्र लेख्ने दुस्साहस गर्दैछु । आशा छ महामहिमबाट मेरो याचनाको सुनुवाइ पक्कै हुनेछ । किनकि जुन व्यवस्थाको खातिर हामीले  हाँसीहाँसी छातीमा दुष्मनहरुको गोलीका छर्राहरू थापेका थियौँ,आफ्नो भविष्यलाई तृण बराबर नठानी कलिला लालाबालाको कोखमा लात हानेर भोक प्यास,तिर्खा,परिवार,छोराछोरी सर्वस्व त्यागेर मुलुकमा रहेको व्यवस्था बदल्नका खातिर काँधमा बन्दुक,शिरमा कपन अनि कम्मरमा खुकुरी भिरेर रात बिरात नभनी सिर्फ युद्धको मैदानमा होमिएका थियौँ ।

हामीलाई विश्वास थियो पुरानो सामन्ती व्यवस्थाको बहिर्गमनसँगै पक्कैपनि जनपक्षिय सरकारको थालनी हुनेछ । अनि मात्र जनताको मुहारमा हाँसो छाउनेछ ,जनताले सन्तोषको श्वास फेर्न पाउनेछन् । गरिबीको चरम चपेटामा रहेका जनताको जीवनशैली रातारात फेरिनेछ । भोक,रोग,शोकबाट ग्रसित जनताको लागि खाना,नाना,छाना एवं औषधि उपचारको यथोचित प्रबन्ध गरिनेछ । यो व्यवस्थामा सबै समान हुनेछन् । कुनैपनि किसिमबाट जनताहरू अपहेलित एवं तिरस्किृत हुनुपर्ने छैन । विकासका ढोकाहरू खोलिनेछन् । देश द्रुततर गतिले विकासमा अगाडी बढ्नेछ । आधारभूत आवश्यकताको परिपूर्तिका लागि मुलुक कुनैपनि छिमेकी राज्यप्रति आश्रित भएर बस्नुपर्ने छैन । युवा जनशक्तिको बढ्दो बहिर्गमन रोक्न सम्भाव्यता अध्ययन गरी मुलुकमै उध्योग ,कलकारखाना खोली रोजगारीको अवस्था श्रृजना  गर्न राज्यले विशेष रणनीति ल्याउने छ ।

महामहिम ज्यू !

मलाई थाहा छ जनयुद्धको चपेटामा परी कैयौँ महिलाको सिन्दूर पुछियो,कैयौँ आमाको काख रित्तियो,कैयौँ महिलाहरू बलात्कृत हुनपुगे,कैयौँ लडाकु युवा एवं युवतीहरूले शहादत प्राप्त गरे ,कैयौँ अपाङ्ग बन्न पुगे भने आज जे जति बाँचेका छन् ती पनि अधिकांश रूपमा बिछिप्त अवस्थामा छन् । मलाई आशा थियो सत्र हजार निमुखा जनताहरूको रगतको होली खेलेर भत्काईएको पुरानो सामन्ती व्यवस्थाको अवसान पश्चात् एकदिन पक्कैपनि के धनी ? के गरिब ? के राजा के प्रजा ? सबै समान रूपले अगाडी बढ्ने व्यवस्था आउनेछ । आर्थिक,प्राविधिक,शैक्षिक एवं राजनीतिक प्रणाली अन्य मुलुकको तुलनामा उच्च एवं विशिष्ट हुनेछ । सामन्तवादी प्रथा त्यागी एक आपसमा भाइचाराको भावना जगाई विकास निर्माणमा स्थानीय तहदेखि सरकार प्रमुखसम्म एकता एवं समन्वयको भावनाको विकास हुनेछ ।

“जुन परिवर्तनको लागी म लगायत हजारौँ शहिदहरुले आफ्नो सम्पूर्ण जीवन न्यौछावर गरे उही व्यवस्थाले आफैलाई दुत्कार्दा पश्चाताप र आत्मग्लानिले मन यति भत्भती पोलेको छ कि भनिसाध्ये छैन । युद्धकालका तत्कालीन नेताका फोस्रा आश्वासनहरू र सत्ता हत्याएपछिका नेताहरूका छली कपटी एवं स्वार्थी अनुहारहरू मेरो मानसपटलमा तरोताजा भएर अगाडि आईरहन्छन् । उनीहरूको एकमात्र उध्येश्य जनताको आँखामा छारो हालेर पूरानो व्यवस्था ढाली नयाँ व्यवस्था ल्याएर मात्र आफ्नो अभिष्ट पूर्तिगर्ने खेलमात्र रहेछ । मात्र हामी उनीहरूको जालझेल र छलको शिकार भएका रहेछौँ । म जस्ता कैयौँ सोझा साझा लडाकुहरुको छातीमाथि टेक्दै हजारौँ शहिदहरुको त्याग,तपस्या र बलिदानीबाट प्राप्त व्यवस्थामा हालिमुहाली गर्दै गरिब जनताले पेट काटेर तिरेको राज्यकोषको चरम दोहन गर्ने एवं निमुखा जनतालाई झन् झन् गरिब बनाई तिनीहरूको आलो रगत कुल्चेर महलमा बस्ने प्रथा पुनः दोहोरिएको देख्दा नव धनाढ्य राजाहरूले आफ्नो अभिष्टपूर्तिको लागिमात्र कतै जनताका छोराछोरीहरूलाई मोहरा बनाएको त होइन ? भन्ने म मा अनौठो चिसोपनपनि पसेको छ ।”

तर काशः ! युद्धका डोबहरूसँगै नेतृत्व तहले घुँडा टेक्दा मुलुकको अवस्था दिनपरदिन नाजुक हुनुका साथै चरम गरिबीको चपेटामा परिरहेको छ । मुलुकको समृद्धिको लागि सबथोक त्यागेर होमिएका लडाकुहरुको राहत,उपचार एवं पुनर्स्थापनाकोे सवालमा सरकारले कुनै यस्तो उपलब्धिमूलक काम त गरेन गरेन अपितु जनताको हक हितका सवालमा पनि शून्य सहभागिता जनाउनु एवं विकासप्रति राज्य उदासीन भएको देख्दा यो लडाकुको दिल छियाछिया भएको छ ।

मलाई याद छ दसौँ वर्षको गृहयुद्धबाट प्राप्त व्यवस्थाबाट जनताले धेरै कुराको अपेक्षा गरेका थिए । तर सत्तामा पुग्नासाथ आफ्नै स्वार्थपूर्तिको लागिमात्र अगाडि बढ्ने,राज्य कोषको चरम दोहन गरी नेतृत्व तहमा रहेका व्यक्तिहरूको सेवा सुविधा एवं विलासिताका सुविधामा मात्र जोड दिने,विकासको नाममा सिन्को समेत नभाँच्ने,सरकार बनाउने र सरकार गिराउने खेल बाहेक अरू उपलब्धि नभएको देख्दा कतै राजा महेन्द्रले लागू गरेको पुरानो व्यवस्था नै त ठिक थिएन ? भन्ने जिज्ञासा पनि मनमा उत्पन्न भने नभएको होइन । लाग्छ मुलुकमा जे जति विकास भएको छ ती सबै राजा महेन्द्रको पालामा भएको मैले महसुस गरेको छु । तत्पश्चात् जे जति व्यवस्थाहरू फेरिए कसैलेपनि मुलुकको मुहार फेर्न सकेनन् । कसैलेपनि विकासको नाममा सिन्को समेत भाँचेको देखिएन । राजा महेन्द्रको अवसान पश्चात् मुलुकले सही नेतृत्व नपाउनु विडम्बना बनेको छ । मुलुक प्यारालाइसिस हुने अवस्थामा पुगिसकेको छ तरपनि वर्तमान नेतृत्व तहलाई यसको कनै मतलब छैन । यस विषयमा सरकार गम्भीर एवं दूरदर्शी बन्न नसक्नु अत्यन्त लज्जास्पद कूरा हो ।

“जनयुद्धको चपेटामा परी कैयौँ महिलाको सिन्दूर पुछियो,कैयौँ आमाको काख रित्तियो,कैयौँ महिलाहरू बलात्कृत हुनपुगे,कैयौँ लडाकु युवा एवं युवतीहरूले शहादत प्राप्त गरे ,कैयौँ अपाङ्ग बन्न पुगे भने आज जे जति बाँचेका छन् ती पनि अधिकांश रूपमा बिछिप्त अवस्थामा छन् । मलाई आशा थियो सत्र हजार निमुखा जनताहरूको रगतको होली खेलेर भत्काईएको पुरानो सामन्ती व्यवस्थाको अवसान पश्चात् एकदिन पक्कैपनि के धनी ? के गरिब ? के राजा के प्रजा ? सबै समान रूपले अगाडी बढ्ने व्यवस्था आउनेछ । आर्थिक,प्राविधिक,शैक्षिक एवं राजनीतिक प्रणाली अन्य मुलुकको तुलनामा उच्च एवं विशिष्ट हुनेछ । सामन्तवादी प्रथा त्यागी एक आपसमा भाइचाराको भावना जगाई विकास निर्माणमा स्थानीय तहदेखि सरकार प्रमुखसम्म एकता एवं समन्वयको भावनाको विकास हुनेछ । तर काशः ! युद्धका डोबहरूसँगै नेतृत्व तहले घुँडा टेक्दा मुलुकको अवस्था दिनपरदिन नाजुक हुनुका साथै चरम गरिबीको चपेटामा परिरहेको छ । मुलुकको समृद्धिको लागि सबथोक त्यागेर होमिएका लडाकुहरुको राहत,उपचार एवं पुनर्स्थापनाकोे सवालमा सरकारले कुनै यस्तो उपलब्धिमूलक काम त गरेन गरेन अपितु जनताको हक हितका सवालमा पनि शून्य सहभागिता जनाउनु एवं विकासप्रति राज्य उदासीन भएको देख्दा यो लडाकुको दिल छियाछिया भएको छ ।”

जुन परिवर्तनको लागी म लगायत हजारौँ शहिदहरुले आफ्नो सम्पूर्ण जीवन न्यौछावर गरे उही व्यवस्थाले आफैलाई दुत्कार्दा पश्चाताप र आत्मग्लानिले मन यति भत्भती पोलेको छ कि भनिसाध्ये छैन । युद्धकालमा जुर्मुराएका तत्कालीन नेताका फोस्रा आश्वासनहरू र सत्ता हत्याएपछिका नेताहरूका छली कपटी एवं स्वार्थी अनुहारहरू मेरो मानसपटलमा तरोताजा भएर अगाडि आईरहन्छन् । उनीहरूको एकमात्र उध्येश्य जनताको आँखामा छारो हालेर पूरानो व्यवस्था ढाली नयाँ व्यवस्था ल्याएर मात्र आफ्नो अभिष्ट पूर्तिगर्ने खेलमात्र रहेछ । मात्र हामी उनीहरूको जालझेल र छलको शिकार भएका रहेछौँ । म जस्ता कैयौँ सोझा साझा लडाकुहरुको छातीमाथि टेक्दै हजारौँ शहिदहरुको त्याग,तपस्या र बलिदानीबाट प्राप्त व्यवस्थामा हालिमुहाली गर्दै गरिब जनताले पेट काटेर तिरेको राज्यकोषको चरम दोहन गर्ने एवं निमुखा जनतालाई झन् झन् गरिब बनाई तिनीहरूको आलो रगत कुल्चेर महलमा बस्ने प्रथा पुनः दोहोरिएको देख्दा नव धनाढ्य राजाहरूले आफ्नो अभिष्टपूर्तिको लागिमात्र कतै जनताका छोराछोरीहरूलाई मोहरा बनाएको त होइन ? भन्ने म मा अनौठो चिसोपनपनि पसेको छ ।

महामहिम ज्यू !

तपाईँलाई जनताले मुलुकको विकासका खातिर नेतृत्व तहमा मनोनीत गरेर पठाएका थिए । तर तपाईँ यति स्वार्थी हुनुभयो कि सत्ताको उन्मादले सबथोक भुल्नुभयो । जनतासँग गरेका बाचा कबोलहरु सबै तपसिल बन्न पुगे । धन र सत्ताको मोहले तपाईँलाई यती अन्धो बनायो कि तपाईँलाई आफ्नो विगतको तितो अतीत फर्केर हेर्ने फुर्सद समेत भएन । अरू कुरा त परै जाओस् आफू सत्तामा हुँदामापनि स्वर्गीय जननायक एवं तपाईँका पति मदन भण्डारीको हत्यारा पत्ता लगाउने कुरा गर्भमा नै तुहिनु र यसबारेमा चूँ…………… समेत बोल्न नसक्नुले जनतालाई तपाईँप्रति थप आशंका पैदा भएको छ । के मदन भण्डारी हत्याकाण्डको छानबिन बारे सरकारबाट कुनै प्रक्रिया अगाडि बढेको छ ? यसबारे तपाईँको मुखबाट जनता जान्न चाहन्छन् ।

“दसौँ वर्षको गृहयुद्धबाट प्राप्त व्यवस्थाबाट जनताले धेरै कुराको अपेक्षा गरेका थिए । तर सत्तामा पुग्नासाथ आफ्नै स्वार्थपूर्तिको लागिमात्र अगाडि बढ्ने,राज्य कोषको चरम दोहन गरी नेतृत्व तहमा रहेका व्यक्तिहरूको सेवा सुविधा एवं विलासिताका सुविधामा मात्र जोड दिने,विकासको नाममा सिन्को समेत नभाँच्ने,सरकार बनाउने र सरकार गिराउने खेल बाहेक अरू उपलब्धि नभएको देख्दा कतै राजा महेन्द्रले लागू गरेको पुरानो व्यवस्था नै त ठिक थिएन ? भन्ने जिज्ञासा पनि मनमा उत्पन्न भने नभएको होइन । लाग्छ मुलुकमा जे जति विकास भएको छ ती सबै राजा महेन्द्रको पालामा भएको मैले महसुस गरेको छु । तत्पश्चात् जे जति व्यवस्थाहरू फेरिए कसैलेपनि मुलुकको मुहार फेर्न सकेनन् । कसैलेपनि विकासको नाममा सिन्को समेत भाँचेको देखिएन । राजा महेन्द्रको अवसान पश्चात् मुलुकले सही नेतृत्व नपाउनु विडम्बना बनेको छ । मुलुक प्यारालाइसिस हुने अवस्थामा पुगिसकेको छ तरपनि वर्तमान नेतृत्व तहलाई यसको कनै मतलब छैन । यस विषयमा सरकार गम्भीर एवं दूरदर्शी बन्न नसक्नु अत्यन्त लज्जास्पद कूरा हो ।”

तपाईँजस्तै हात्तीछाप चप्पल पड्काएर दरबार छिरेका नव राजनीतिज्ञहरू सत्ताको बागडोर हातमा लिनासाथ अर्बपति बन्दैजानु ,उनीहरूका हकमा ठुला ठुला आलिसान महल एकाएक ठडिनु ,फर्म कम्पनी,बैंक,वित्तीय संस्थाहरू उनीहरूकै नाममा नामसारी हुनु ,शाखा सन्तानको नाममा रातारात सम्पत्ती हस्तान्तरण हुँदैजानु ,नेतृत्व तहबाट अवकाश पाउनासाथ राज्यकोषबाट छोरी अन्माए झैँ घर,गाडी,नोकर चाकर,विलासिताका साधन उपहार एवं दाइजो दिने प्रथा मौलाउँदै जानुजस्ता चरम विकृतिले नेतृत्व तह फस्टाउँदै गएको तर मुलुक न्याय हराएको राज्यजस्तो महसुस हुन थालेको छ ।

जिउँदो शरीर राज्यको नाममा बन्धकी राखी विभिन्न राजनीतिक तह र तप्काका नेताहरूको भर्याङ्ग बनेर नेताहरूलाई नेतृत्व पुर्याउने जनताका गलेका काँधले विश्राम लिन नपाउँदै एवं शहिदको आलो रगत सुक्न नपाउँदै नेताहरूले जनतालाई दिएको आश्वासन सबथोक भुलेर आफ्नो अभिष्ट पूर्ति एवं सत्ता प्राप्तिका लागि मात्र लुछाचुँडी गरेको देख्दा मुलुकलाई कतै वीर शहिदको रगतको श्राप त लाग्ने होइन ? भन्ने अनौठो आशंकाले सताउँछ । यत्रतत्र सर्वत्र अनिष्टको कालो बादल मडारिईरहेको पाउँछु ।

“जुन व्यवस्थाको लागि हामीले आफ्नो छातीमा हाँसीहाँसी दुष्मनहरुको गोलीका छर्राहरू थापेका थियौँ,आफ्नो भविष्य लात हानेर भोक प्यास,तिर्खा,परिवार,छोराछोरी सर्वस्व त्यागेर मुलुकमा रहेको व्यवस्था बदल्नका खातिर काँधमा बन्दुक,शिरमा कपन अनि कम्मरमा खुकुरी भिरेर रात बिरात नभनी सिर्फ युद्धको मैदानमा होमिएका थियौँ । हामीलाई विश्वास थियो पुरानो सामन्ती व्यवस्थाको बहिर्गमनसँगै पक्कैपनि जनपक्षिय सरकारको थालनी हुनेछ । अनि मात्र जनताको मुहारमा हाँसो छाउनेछ ,जनताले सन्तोषको श्वास फेर्न पाउनेछन् । गरिबीको चरम चपेटामा रहेका जनताको जीवनशैली रातारात फेरिनेछ । भोक,रोग,शोकबाट ग्रसित जनताको लागि खाना,नाना,छाना एवं औषधि उपचारको यथोचित प्रबन्ध गरिनेछ । यो व्यवस्थामा सबै समान हुनेछन् । कुनैपनि किसिमबाट जनताहरू अपहेलित एवं तिरस्किृत हुनुपर्ने छैन । विकासका ढोकाहरू खोलिनेछन् । देश द्रुततर गतिले विकासमा अगाडी बढ्नेछ । आधारभूत आवश्यकताको परिपूर्तिका लागि मुलुक कुनैपनि छिमेकी राज्यप्रति आश्रित भएर बस्नुपर्ने छैन । युवा जनशक्तिको बढ्दो बहिर्गमन रोक्न सम्भाव्यता अध्ययन गरी मुलुकमै उध्योग ,कलकारखाना खोली रोजगारीको अवस्था श्रृजना  गर्न राज्यले विशेष रणनीति ल्याउने छ ।”

महामहिम ज्यू !

एकपटक ध्यानाकर्षण होस् ……………तपाईँजस्तो दिग्गज व्यक्तिहरूले नै सत्ताको लुछाचुँडी गर्ने र व्यक्तिगत अभिष्टपूर्तिको लागिमात्र लड्ने हो भने यो मुलुक बनाउने अभिभारा कसको ? के जनताले आज यही दुर्दिन देख्नको लागि तपाईँहरूलाई नेतृत्व तहमा पुर्याएका थिए ? के यही दिन देख्नको लागि युद्धको मैदानमा हजारौँ शहिदहरुले माईन,एम्बुस,गोलीका छर्राहरू खाई शहादत प्राप्त गर्न विवश भएका थिए ? विकासको नाउँमा सिन्को समेत नभाँच्ने तर सेवा सुविधाहरू लुटको धन फूपूको श्राद्ध झैँ लिनुपर्ने ? जनताहरू सिटामोल समेत खान नपाएर छट्पटिएर मरिरहेको अवस्थामा तपाईँलाई विलासिताको गाडी चढ्नुपर्ने ? दर्जनौँ सेवा सुविधाहरू थप्नुपर्ने ? देश नै कङ्गाल पारेर सेवा सुविधा थप्ने यो कहाँको धर्म ? यो कहाँको न्याय ? महामहिम ज्यू ? तसर्थ राष्ट्रिय ढुकुटीमा मात्र र्याल नचुहाई आफ्नो पदीय मर्यादाको ख्याल राखेर मुलुकको विकासको लागि एक ईँटा थप्ने कार्यमा महामहिम ज्यू को ध्यान जाओस् । जनताको आँसु ,रगत ,पसिना र श्रमको मूल्य बुझेर सोही अनुसार विकास निर्माण कार्यमा अगाडि बढ्न सद्बुद्धि पलाओस् ,ताकि नेतृत्व तहलाई शहिदको रगतले नपोलोस् ।
अन्तमा,
जनता विकास चाहन्छन् ,समृद्धि चाहन्छन् ,सत्ताको लुछाचुँडी होइन । जनताले खाइ नखाई थोपा थोपा गरी जम्मा गरेको राष्ट्रिय ढुकुटीको दुरुपयोग गर्ने छुट कसैलाई छैन । विलासिताका सुविधामा राज्यकोषको चरम दोहन गर्ने अधिकार पनि कसैलाई छैन । स्मरण रहोस् …….वर्तमान नेतृत्व तहको रवैयाप्रति जनताको यति वितृष्णा बढेको छ कि यदि आगामी दिनहरूमा मुलुकको लागि संवेदनशिलरुपमा सोच्न नसकेको खण्डमा जनताहरू अब यो व्यवस्था जरैदेखि भत्काएर पुनः अर्को व्यवस्था सोच्न बाध्य नहोलान् भन्न सकिन्न ।

        धन्यवाद !

ओछ्यानमा थलिएको, उही पूर्व लडाकु

         “प्रभात” 

    dastawejnews@gmail.com

प्रकाशित मिति ,२०७५ साल मंसिर ४ गते, मंगलवार

    Comment Here!