अग्रज स्रष्टालाई सम्मान गर्दै जनता टेलिभिजन

                                            “जुम ईन”कार्यक्रम प्रस्तोता बिना श्रेष्ठ

स्तावेज मंसिर ७ गते शुक्रवार २०७५ काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रमा विशेष योगदान दिनुभएका गीतकार , सङ्गीतकार , गायक–गायिका तथा कलाकारहरूको विगतदेखि बर्तमानसम्मको अवस्थालाई समेटिएको कार्यक्रम “जुम ईन” जनता टेलिभिजनबाट हरेक बिहीबार राती ९ः३० मा प्रसारण हुँदै आइरहेको छ ।

                                                      जुम इनको लोगो

पछिल्लो समयमा मिडियामा अग्रज कलाकारलाई समेटिएको कार्यक्रम न्यून मात्रामा हेर्न पाइन्छ । यद्यपि पुराना गीतहरूलाई नयाँ पुस्ताले गाउने अनि रि रेकर्ड गर्ने प्रचलन भने बढ्दो नै छ । तर कतिपय अवस्थामा उनीहरूलाई नै थाहा छैन उनीहरूले गाएको गीतको शब्द , सङ्गीत अनि स्वर कसको हो ….? जनता टेलिभिजनको कार्यक्रम “जुम ईन”ले केही हदसम्म भएपनि पुराना गीत अनि कलाकारको वास्तविकता श्रोता–दर्शकमा ल्याउन सफल हुनु पक्कैपनि गौरवको कुरा हो ।

 

                                           जनता टेलिभिजनको लोगो

तमाम कालजयी गीतहरूको सिर्जना कसरी , कुन अवस्थामा भएका थिए ? त्यी गीतका सर्जकहरू आज कुन र कस्तो अवस्थामा छन् ? भन्ने केही उहिलेका अनि केही अहिलेका प्रसङ्ग सहितको कार्यक्रम हो “जुम ईन” ।

नेपाली साङ्गीतिक क्षेत्रमा कलाकारहरूको हक हितका लागी थुप्रै सङ्घ–संस्था स्थापना भएका छन् । राज्यले पनि कलाकार देशका गहना भन्दै नारा लगाउन छोडेको छैन । तर कलाकारको कलाकारिताको यथोचित सम्मान भने कहीँ कतैबाट गरिएको पाइएको छैन । आजको युगमा मन मुटु छुने कालजयी गीतहरूका सर्जक यी नै हुन् भनेर चिनाउने अवस्था समेत सरोकार निकायले गर्न नसक्नु लाजमर्दो पक्ष हो ।

                                               स्रष्टाहरुसँग जनता टेलिभिजन

जनता टेलिभिजनले कार्यक्रम “जुम ईन” मार्फत काठमाडौँ वरिपरि मात्र नभएर देशका विभिन्न ठाउँमा रहनुभएका कलाकारलाई खोज्दै उहाँहरूको विगत र वर्तमान सहितको विशेष रिपोर्ट तयार पार्ने गरेको छ । यसका अलावा विदेशमा समेत गएर सर्जकहरूलाई भेटेर कार्यक्रमहरू तयार पार्ने गरेको छ ।

हालसालै कलाकारको खानी मानिने भारतको सिलिगुढी र दार्जिलिङसम्म पुगेर त्यहाँ रहनुभएका वरिष्ठ सङ्गीतकार कर्मा योञ्जन ,कुमार सुब्बा , बद्री खरेल , मणिकमल क्षेत्री , अशोक राई , चन्दन लोम्जेल , गायिका दावा ग्याल्मो , डेजी बराइली , लगायत दर्जनौँ कलाकारहरूलाई उहाँहरूकै निवासमा पुगेर , उहाँहरूको साङ्गीतिक यात्राका सङ्घर्ष , सफलतासँगै तिता–मिठा अनुभव बटुलेर लिएर आएको छ । जुन “दार्जिलिङको सिरिज” टाईटल दिएर अहिले प्रसारण भइरहेको छ ।

                                        गायिका दिपा नारायण झा सँग दार्जिलिङमा लिइएको ईन्टभ्युको फोटो

उक्त कार्यक्रम सङ्कलनका लागी कार्यक्रम प्रोडयुसर तथा कार्यक्रम सञ्चालिका बिना श्रेष्ठ , क्यामेरा पर्सन जी.बी. लामाका साथमा कार्यक्रम एक्जुकेटिभ प्रोड्युसर दीपेन्द्र विक्रम तामाङ सहितको टोली गएको थियो । एक साताको बसाइमा एक दर्जन कलाकारलाई मात्र समेट्न भ्याएकाले आगामी दिनमा फेरि पनि अन्य कलाकारलाई समेट्ने हेतु जनता टेलिभिजनको टिम दार्जिलिङ लगायत अन्य ठाउँमा समेत पुग्ने जनता टिमको उध्येश्य रहेको छ ।

[email protected]

    Comment Here!