बन्धकी खुशीहरु

“दिनहरू बित्दै गए,तर आजभोलि विमल सँगका उठबसका दिनहरू त्यति सौहार्दपूर्ण रहन सकेनन् । जे जति हुन्थे मात्र औपचारिकतामा मात्र सीमित हुन्थे । हुन त अफिस एउटै भएको कारण कार्य थलो एउटै हुन्थ्यो हाम्रो तर पहिलाको जस्तो विमल म सँग हाँस्ने,छिल्लीने,गिजिने गर्न छोडेको थियो । म जति जति नजिक जान खोज्थेँ उ हमेसा पर सरिहाल्थ्यो । विमलको यस्तो ब्यवाहारले मेरो दिलमा एक किसिमको झट्का लाग्यो । म बिना बाँच्नै नसक्ने,सँगै मर्ने सँगै कसम खाने विमललाई आजभोलि किन किन मेरो उपस्थिति उसलाई बोझिल लाग्न थालिसकेको थियो ।”

                          -दीपशिखा शर्मा

बैशाखको महिना,नयाँ अफिसको नियुक्तिपत्र लिएर नेपालगन्ज जानु थियो । रोल्पाबाट नेपालगन्ज सरुवा भएको थियो मेरो । अगिल्लो दिनदेखि नै झोलामा आफ्नो सामान प्याकिङ्ग गर्न थालेँ । भोलिपल्ट २ बजेको फ्लाईट थियो । बाबाले बुद्ध एयरको टिकट काटिदिईसक्नुभएछ । राती अबेरसम्म मनमा अनेक कुराहरू खेल्न थाले । अफिस कस्तो होला ? कर्मचारी साथीहरू कस्ता होलान् ? आदि आदि ……हुन त यो मेरो पहिलो नियुक्ति थिएन । धेरैवर्ष अगाडिदेखि विभिन्न एन.जी.ओ.आई.एन.जी.ओ.मा काम गरेको लामो अनुभव थियो मेरो । भोलिपल्ट मनभरि अनगिन्ती सपनाहरू लिएर बुद्ध एयरबाट नेपालगन्ज हान्निएँ ।

दिउँसोको करिब ३.१५ बजे प्लेन ल्यान्डिङ्ग हुन पुग्यो । चिसो ठाउँमा बसिरहेकी म नेपालगन्जको गर्मीले अकस्मात् निस्सासिन पुगेँ । शरीर भत्भती पोल्न थाल्यो । आखिर जे भए पनि अब मैले त्यही बसेर काम गर्नुपर्ने थियो । प्लेनबाट ओर्लेर हत्तपत्त मोबाइल फोन अन गरिहालेँ । फोन लागिहाल्यो । नेपालगन्ज एयरपोर्टमा मैले काम गर्ने अफिसकै कर्मचारी विमल स्वागतको लागि तयार भएर बसिरहेको थियो । उसले हात हल्लाउँदै ईशारा गर्‍यो । म उसको पछिपछि लागेँ । विमल र मेरो पहिलो भेट त्यही एयरपोर्टमा भएको थियो । पहिलो भेटमा नै उसका र मेरा आँखा चार भए । किन किन उ म प्रति आकर्षित भएको महसुस गर्न थालेँ मैले । मानिसहरूको भिडलाई चिरेर उसले मायालु पारामा म तिर हेरेर हात माग्यो । मैले कुनै प्रतिवाद गर्न सकिन चुपचाप आफ्नो नरम हातहरू हिउँजस्ता उसका चिसा हातहरू माथि राखिदिँदै भने “आई एम साबी फ्रम रोल्पा…….”

अत्यन्त मायालु पारामा उसले भन्यो “नाईस टू मिट यु डियर फ्रेन्ड ……….ईट्स मि विमल बस्नेत फ्रम काठमाडौँ……”गोरो सर्लक्क परेको अनुहार,अन्दाजी ५ फिट, ६ इन्चको शरीर,टाई सुट र कोटमा सजिएको,पर्फेक्ट पर्शनालिटी……मेरो सपनाको राजकुमार जस्तै । उसको व्यक्तित्वले मलाई सजिलै आकर्षित गरायो । ध्यान अन्तै मोड्न खोजेँ । फेरि मनले मानेन, तर पनि किन किन आफूलाई उसको नजरमा लघुताभास हुन्थ्यो । किनकि उ माथिल्लो जातको सभ्रान्त पुरुष म तल्लो जातकी दलित महिला रे । उ र म बिच आकाश पातालको फरक छ रे । उसलाई थाहा थिएन म दलित समुदायकी छोरी भन्ने कुरा । त्यसैले होला म सँग तिम्रो जात के हो भनेर खोर्याएर सोधेन । मैलेपनि बताउन चाहिन ।

महिलाको पीडा पखाल्ने सबभन्दा महत्त्वपूर्ण हतियार हो आँसु । जतिसुकै बाधा अवरोध आएपनि आँसुको माध्यमबाट मनभित्र गुम्सिएर रहेका दर्द र वेदनाहरूलाई पखाल्दै जीवन जिउन पोख्त हुन्छन् महिला । म पनि त त्यसको अपवाद पक्कै थिइन । विमलमा एक्कासि आएको परिवर्तनले मेरो दिल छियाछिया भइसकेको थियो । आँखाबाट बलिन्द्रधारा आँसु झरिरहेका थिए । चस्मा खोलेर पुछ्ने चेष्टापनि गर्न सकिन । चश्माभित्र रोईरहेका घायल आँखाहरू लिएर चुपचाप बाथरुम भित्र छिरेँ । चुकुल लगाएर टिस्यु पेपरले आँसु पुछ्दै पेटभरि रोएँ । मेरो मन किन किन आज सिमलको भुवा झैँ उडिरहेको थियो । मनमा सजाएर राखेका अनगिन्ती सपनाका महलहरू क्षणभरमै चकनाचुर भएर यत्रतत्र पोखिए झैँ आभास हुन थाल्यो । बाथरुमबाट फर्केर पुनः चुपचाप अफिसभित्र पसेँ । कसैसँग बोल्नपनि मन लागेन । चिन्ताको कारणले मानौँ पूरै शरीर ओईलाईरहेको थियो । मन एकतमास सँग भत्भती पोलिरहेको थियो,जीवनमा सोच्दै नसोचेको आँधिबेहरी आइरहेको थियो ।

एक दिन उ र म कार्यक्रमको क्रममा सँगै फिल्ड जानुपर्ने अवस्था आयो । उसले मलाई भित्रभित्रै माया गर्न थालेको थियो शायद । यात्राका दौरान गाडीमा पनि नजिकै आएर टाँसिने,आँखामा आँखा जुधाउने, जिस्किने,छिल्लिने गर्न थाल्यो । आखिर शुरुआत उसले नै गरेको थियो अन्जानवश म पनि उ सँग नजिकिँदै गएछु । मैलेपनि उ सँग माया गर्न साहस बटुल्न थालेँ । एक दिन दुई दिन गर्दै हामी दुई बिच नजानिँदो रूपमा एक अर्कामा निकै घुलमिल भइसकेका थियौँ । अव उ म बिना बाँच्नै नसक्ने भयो । फुर्सदको समयमा हामी दुवै सँगै घुम्न जान्थ्यौ,एकान्तमा बसेर रोमान्स गथ्र्याैं,सुख दुःख साट्थ्यौं ,भविष्यका योजनाहरू बनाउथ्यौं । प्रकृतिको काखमा बसेर स्वप्नील संसारमा हराउँदै अनगिन्ती सपनाका महलहरू सजाउँथ्यौँ ।

यसैगरी दिनहरू बित्दै गए । एक दिन एउटा कार्यक्रममा मेरो एक जना साथी मार्फत उसले थाहा पायो कि म दलित जातीको छोरी हुँ । हिजोको दिनहरूमा म बिना बाँच्नै नसक्ने किरिया खान पुगेको विमल एक्कासि किंकर्तव्यविमूढ भयो । उसले मलाई एकोहोरो हेर्यो । शायद उसले म बाट केही प्रश्नको जवाफ खोजिरहेको थियो । कथित माथिल्लो जाती भन्ने बलियाहरुद्धारा तल्लो जाती भन्ने निर्धामाथि शदियौंदेखि लादिएको घृणा,दमन र अत्याचारको पराकाष्ठाको प्रतिफल छुवाछुत र मेरो निधारमा लेखिदिएको “दलित” जाती भनेर थाहा पाएपछि उसको अनुहार एक्कासि मलिन हुन पुग्यो । अर्थात् मेरो पुरा नाम सुन्नासाथ उसको नाक मुख पुरै खुम्चिन पुगे ।

तथापि उसले नाटकीय हाँसो हाँस्दै आफ्नो अनुहारमा देखिन आएको बिस्मातको पर्दा ढाक्न खोज्दै भन्यो । “ए…. …नेपाली………. भनेको दलित जाती हो र ? म त हामीजस्तै बाहुन क्षेत्री होला भन्ने पो ठानेको त ? ”उसलाई “नेपाली” भनेको दलित हो भन्ने थाहा थिएन शायद आज एकाएक उ झल्याँस्स भएको थियो । मैले उसको अनुहार पढ्ने कोसिश गरेँ । एक किसिमको असजिलो महसुस गरिरहेको थियो उ । तर पनि थाहा नपाए झैँ अनजान बन्न खोज्दै थियो,“आजकलको जमानामा पनि यो जात र त्यो जात ? जातपात ले के फरक पर्छ र ? यो सब बलियाले निर्धामाथि लादेको चरम शोषण अनि भेदभाव हो हामीले यसलाई जरैदेखि उखेलेर फ्याँक्नु पर्दछ । हाम्रो फेमिलीमा त यस्तो जातपात छुवाछुत मानिदैंन ” विमलको भनाइले म मा केही सजिलोपन हुन थाल्यो । कति सजिलै मेरो मनमा खेलेका अनगिन्ती समस्याहरूको समाधान गरिदिएको थियो उसले । म ढुक्क भएँ । लाग्यो विमलले अव भुलेर पनि जातपातको कुरा उठाउने छैन । उसका साहसिला शब्दहरूले म मा एक किसिमको अनौठो ऊर्जा थपिदियो । म झन् झन् उ सँग नजिकिन थालेँ ।

उसले आत्मीय रूपमा म माथि गरेको प्रस्ताव त छँदै थियो बाहिरी आवरणमा पनि उ जातीय भेदभाव र छुवाछुतको डटेर मुकाविला गर्दथ्यो । सभा,गोष्ठी या सेमिनार जुनसुकै ठाउँमा पनि अलिकति समय निकालेर उसको पवित्र मुखारबिन्दबाट जातीय विभेद विरुद्धका शब्दबाणीहरु प्रस्फुटन हुँदा उसप्रति अगाध माया लागेर आउँथ्यो । म भावबिव्हल हुन्थेँ । म उसको प्रेममा म चुर्लुम्म डुब्दै गइरहेको थिएँ । मेरो प्रेम एकतर्फी थियो या यसको असर विमललाई पनि परेको थियो ? यस बारेमा म अनभिज्ञ थिएँ । थाहा थिएन यो वास्तविकता थियो या काल्पनिक तर म दिनपरदिन विमलको मायाँवी जालमा पर्दै गइरहेको थिएँ । उसको मेरो राजनैतिक बिचार पनि एउटै,भावना पनि एउटै,कर्मथलो पनि एउटै थियो ।

विमल पत्रकार पनि थियो । म पनि फुर्सदका समयमा आफूले देखे भोगेका कुराहरू पत्रपत्रिकामा पठाएर थोर बहुत प्रसिद्धि बटुलेकी महिला, “सबिता नेपाली” भनेपछि जो कहिले पनि चिन्न शायद कठिन छैन होला । हामी दुबैबिच बिचारको आदान प्रदान पनि हुन्थ्यो । उ मानवअधिकारकर्मी पनि थियो । म पनि उ भन्दा के कम थिएँ र ? दलित अधिकारकर्मी,सङ्घ संस्थाहरूमा बर्षौ वर्षसम्म काम गरेको मेरो गहकिलो बायोडाटा त्यसको साक्षी थियो । हामी दुवैको कार्यक्रम फिल्ड एउटै भएकोले कतिपय कार्यक्रमहरूमा उ र म सँगै हुन्थ्यौँ । उ भाषणमा पनि जातीय विभेद,दलाल पुँजीपति वर्ग,सामन्तवाद आदिको बारेमा व्याख्या गर्दथ्यो । भाषणमा उसको रोबदार शब्द अनि श्रोताबर्गको जोडदार तालीले पुरा कार्यक्रमको मोहल्ला नै थर्किन्थ्यो । उसको यो अभिव्यक्तिले सबै मन्त्रमुग्ध हुन्थे । फलतः उ प्रति मेरो मायाको डोरी अझ कसिलो हुँदै गयो । मलाई लाग्न थाल्यो विमलले मलाई कुनै पनि हालतमा पनि छोड्न सक्ने छैन । हामी बिच जातीय तगाराहरू भए पनि शिक्षा र अनुभवको आधारमा म उ भन्दा कमजोर थिइन ।

कहिलेकाहीँ विमल मलाई हेरेर भन्थ्यो, “साबी ! आजको एक्काइसौँ शताब्दीको युगमा पनि यो जात र त्यो जात भनेर लाग्ने मानिस महापशु हो । दलितभित्र पनि कैयौँ होनहार योद्धा महिलाहरू जन्मिइसकेका छन् । अव यो मुलुक बागडोर उनीहरूको हातमा सुम्पिइनु पर्दछ । सामाजिक,सांस्कृतिक अन्तर्घुलन हुँदै समान र सह अस्तित्व मूलक आधुनिक समाजको निर्माण गर्न तपाईँ हामी सब मिलेर अगाडी बढ्नुपर्छ । अनि मात्र देशले काँचुली फेर्न सक्नेछ । मधेसतिर जनजातिहरूले छुट्टै राज्य मागिरहँदा तिमी हामी दुईबिच छुट्टै विरासत किन नबनाऔं ?”

उसले आत्मीय रूपमा म माथि गरेको प्रस्ताव त छँदै थियो बाहिरी आवरणमा पनि उ जातीय भेदभाव र छुवाछुतको डटेर मुकाविला गर्दथ्यो । सभा,गोष्ठी या सेमिनार जुनसुकै ठाउँमा पनि अलिकति समय निकालेर उसको पवित्र मुखारबिन्दबाट जातीय विभेद विरुद्धका शब्दबाणीहरु प्रस्फुटन हुँदा उसप्रति अगाध माया लागेर आउँथ्यो । म भावबिव्हल हुन्थेँ । म उसको प्रेममा म चुर्लुम्म डुब्दै गइरहेको थिएँ । मेरो प्रेम एकतर्फी थियो या यसको असर विमललाई पनि परेको थियो ? यस बारेमा म अनभिज्ञ थिएँ । थाहा थिएन यो वास्तविकता थियो या काल्पनिक तर म दिनपरदिन विमलको मायाँवी जालमा पर्दै गइरहेको थिएँ । उसको मेरो राजनैतिक बिचार पनि एउटै,भावना पनि एउटै,कर्मथलो पनि एउटै थियो । दुवै प्रगतिशील विचारधारा मान्ने ।

अर्कोदिन तिमीसँग इमर्जेन्सी कुरा गर्नु छ भनी विमललाई एउटा होटेलमा बोलाएँ । उसले स्वीकार गर्‍यो । उसको उपस्थिति मेरो लागि एक आशाको किरण थियो । तथापि उसको अनुहारमा कुनै प्रकारको चमक थिएन । मलाई लाग्यो उसले मलाई स्पष्टीकरण दिने छ,म सँग माफी माग्ने छ ,मेरो चहर्याएको घाउमा मलहम लगाउने छ ,माया प्रीतिका कुरा गर्नेछ,पहिलाजस्तै मिठा मिठा परिकारहरू अर्डर गर्नेछ अनि उसको हातले खुवाउने छ । तर हालत ठिक त्यसको विपरीत भयो । उ चुपचाप एक सजाएर राखेको मूर्ती झैँ हलचल नगरी कुर्सीमा बस्यो । खानेकुरा अर्डर गर्नु त परै जाओस् तिमीलाई कस्तो छ ? भनेर सोध्ने धृष्टता समेत गरेन । उसको यो ब्यवाहारले मेरो दिमागमा नराम्रो चोट लाग्यो । आखिर मौनतालाई चिर्दै आफैँ मेनु हेरेर उसलाई सोध्न पुगेँ “भन विमल तिमी के खान्छौ ?” “सिर्फ एक गिलास पानी”उसले रूखो शब्दमा भन्यो । म छाँगाबाट खसेजस्तै भएँ,जे नहुनु थियो त्यो भइरहेको थियो । विमल म प्रति बिकर्षण हुनुको कारण के थियो ? मैले बुझ्न सकिरहेकी थिइन ।

आर्थिक रूपमा पनि उसको र मेरो हैसियत बराबर थियो होला शायद,रूप र सौन्दर्यमा म पनि विमल भन्दा कम थिइन होला । बेला बेलामा म दलित भनेर साथीले परिचय गराउँदा उसको आत्मग्लानिले खुम्चिएको नाक मुख सम्झन्थेँ । त्यो दिन विमलले ज्यादै मुख बिगारेको याद थियो मलाई । त्यसमा चाहिँ अलिकति शङ्का थियो । उसले मेरो जीवनसँग खेलेर अन्तमा धोका दिने त होइन ? फेरि मनमा आएको कुरालाई पुनः सम्हाल्दै भने होइन होइन विमल त्यस्तो छैन । उसले कुनै पनि हालतमा धोका दिन सक्दैन । समाजमा आएका उतारचढावहरूको सामना गर्दै सँगसँगै लडेका सहयात्रीहरू फगत जातीय कारणले उसले एक पवित्र प्रेम लत्याउन सक्दछ भन्ने मैले कल्पनासम्म गर्न सकेकी थिइन ।

दिनहरू बित्दै गए,तर आजभोलि विमल सँगका उठबसका दिनहरू त्यति सौहार्दपूर्ण रहन सकेनन् । जे जति हुन्थे मात्र औपचारिकतामा मात्र सीमित हुन्थे । हुन त अफिस एउटै भएको कारण कार्य थलो एउटै हुन्थ्यो हाम्रो तर पहिलाको जस्तो विमल म सँग हाँस्ने,छिल्लीने,गिजिने गर्न छोडेको थियो । म जति जति नजिक जान खोज्थेँ उ हमेसा पर सरिहाल्थ्यो । विमलको यस्तो ब्यवाहारले मेरो दिलमा एक किसिमको झट्का लाग्यो । म बिना बाँच्नै नसक्ने,सँगै मर्ने सँगै कसम खाने विमललाई आजभोलि किन किन मेरो उपस्थिति उसलाई बोझिल लाग्न थालिसकेको थियो ।

मैले उसको अनुहार नियाल्न खोज्थेँ तर उ मलाई हेर्दै नहेरी खुरुखुरु काम गर्न थाल्थ्यो । उसको यो रवैयादेखि म आश्चर्यचकित हुन थालेँ । अफिस टाईममा मैले उसलाई कुनै नराम्रो भनेर सबैको ध्यानाकर्षण आफूतिर गर्न चाहिन । अन्ततः म चुप लागेँ । महिलाको पीडा पखाल्ने सबभन्दा महत्त्वपूर्ण हतियार हो आँसु । जतिसुकै बाधा अवरोध आएपनि आँसुको माध्यमबाट मनभित्र गुम्सिएर रहेका दर्द र वेदनाहरूलाई पखाल्दै जीवन जिउन पोख्त हुन्छन् महिला । म पनि त त्यसको अपवाद पक्कै थिइन । विमलमा एक्कासि आएको परिवर्तनले मेरो दिल छियाछिया भइसकेको थियो ।

आँखाबाट बलिन्द्रधारा आँसु झरिरहेका थिए । चस्मा खोलेर पुछ्ने चेष्टापनि गर्न सकिन । चश्माभित्र रोईरहेका घायल आँखाहरू लिएर चुपचाप बाथरुम भित्र छिरेँ । चुकुल लगाएर टिस्यु पेपरले आँसु पुछ्दै पेटभरि रोएँ । मेरो मन किन किन आज सिमलको भुवा झैँ उडिरहेको थियो । मनमा सजाएर राखेका अनगिन्ती सपनाका महलहरू क्षणभरमै चकनाचुर भएर यत्रतत्र पोखिए झैँ आभास हुन थाल्यो । बाथरुमबाट फर्केर पुनः चुपचाप अफिसभित्र पसेँ । कसैसँग बोल्नपनि मन लागेन । चिन्ताको कारणले मानौँ पूरै शरीर ओईलाईरहेको थियो । मन एकतमास सँग भत्भती पोलिरहेको थियो,जीवनमा सोच्दै नसोचेको आँधिबेहरी आइरहेको थियो । आखिर एक्कासि विमलले म माथि किन यसो गर्‍यो ? म त्यसको जवाफ पाउन चाहन्थेँ तर अफसोस ! उ म बाट टाढा भागिरहेको थियो । सोचेँ भोलि जसरी पनि विमललाई एकान्तमा बोलाएर वास्तविक कुरा पत्ता लगाउँछु र त्यसको फाइनल गर्छु । मेरो जीवनसँग खेलवाड गर्ने त्यसलाई यति सजिलै कहाँ छोड्छु र ?

अर्कोदिन तिमीसँग इमर्जेन्सी कुरा गर्नु छ भनी विमललाई एउटा होटेलमा बोलाएँ । उसले स्वीकार गर्‍यो । उसको उपस्थिति मेरो लागि एक आशाको किरण थियो । तथापि उसको अनुहारमा कुनै प्रकारको चमक थिएन । मलाई लाग्यो उसले मलाई स्पष्टीकरण दिने छ,म सँग माफी माग्ने छ ,मेरो चहर्याएको घाउमा मलहम लगाउने छ ,माया प्रीतिका कुरा गर्नेछ,पहिलाजस्तै मिठा मिठा परिकारहरू अर्डर गर्नेछ अनि उसको हातले खुवाउने छ । तर हालत ठिक त्यसको विपरीत भयो । उ चुपचाप एक सजाएर राखेको मूर्ती झैँ हलचल नगरी कुर्सीमा बस्यो । खानेकुरा अर्डर गर्नु त परै जाओस् तिमीलाई कस्तो छ ? भनेर सोध्ने धृष्टता समेत गरेन । उसको यो ब्यवाहारले मेरो दिमागमा नराम्रो चोट लाग्यो । आखिर मौनतालाई चिर्दै आफैँ मेनु हेरेर उसलाई सोध्न पुगेँ “भन विमल तिमी के खान्छौ ?” “सिर्फ एक गिलास पानी”उसले रूखो शब्दमा भन्यो । म छाँगाबाट खसेजस्तै भएँ,जे नहुनु थियो त्यो भइरहेको थियो । विमल म प्रति बिकर्षण हुनुको कारण के थियो ? मैले बुझ्न सकिरहेकी थिइन । किनकि अझै पनि म उसलाई माया गर्दथेँ । मेरो माया पवित्र थियो । कुनै किसिमको स्वार्थ थिएन । मेरो रोदनमा उसले आँसु पुछिदेला,सहानुभूति जगाउला कि भन्ने मेरो चाहना फेल खायो जुन बेला उसले नै कुराको सुरुआत गर्‍यो ।

“आई.एम.सरी साबी.” तिमीले मलाई पहिल्यै आफ्नो जात किन भनिनौ ? मैले थाहा पाएको भए न त मैले तिमीलाई माया गर्दथे न तिमी नै म प्रति आकर्षित हुन्थ्यौ,हेर ! बाहिर भाषणमा जे जति कुराहरू अलापे पनि आखिर त्यो ब्यवाहारमा आउन अझै समय लाग्दछ । मेरो परिवारले कुनै पनि हालतमा तिम्रो र मेरो सम्बन्ध स्विकार्दैन । बाबु आमाको एकमात्र छोरा म एकमात्र आशाको नानी मैलेपनि यो कार्य गरेँ भने वहाँहरू दुवै जना आत्महत्या गरेर मर्ने अवस्था आउन सक्छ तसर्थ हामी एक अर्का बिच मात्र असल साथी बन्न सक्छौँ । बाँकी कुरा तिमी आफैँ बुझ्ने छ्यौ साबी ! आजका मितिदेखि म तिमीलाई भुलेरपनि डिस्टर्व गर्नेछैन । तिम्रो र मेरो बाटो अलग….तिमी स्वतन्त्र छ्यौ । अब तिमीले आफ्नो भविष्यको लागि सोच्न सक्छ्यौ,म पनि आफ्नो भविष्यको लागी सोच्नेछु । विगतमा जे जस्ता गल्तीहरू भए भए त्यसलाई एउटा दुर्घटना सम्झेर माफ गरिदेऊ प्लिज” ।

 उसले यतिसम्म भन्न सक्ला भनेर मैले कल्पनासम्म पनि गर्न सकेको थिइन । म छाँगाबाट खसेझैँ भएँ,भनन रिँगटा लाग्यो,एक पवित्र प्रेमको मुना अंकुराउन, फक्रन, फूल्न, नपाउँदै ओईलिईसकेको थियो,मेरो होश ठेगानमा थिएन । उसले भनेको कुराको विश्वास नै लागेको थिएन मलाई तरपनि क्षणभरमै उसले सबथोक भनिसकेको थियो । किनकिन आज मलाई आफू सहारा विहीन भएको अनुभूति हुनथाल्यो । जसलाई जीवन मानेर हरदिन हरपल उसकै यादमा आफूलाई समर्पित गरेकी थिएँ उसले नै जातीय रूपी खाडलको बहानामा मलाई लात मार्ने धृष्टता गरेको थियो मैले सहनै सकिन अनि शब्दरुपी बाणहरूको वर्षा गर्दै गएँ,

अफसोस ! उसले मेरो पवित्र आग्रहलाई लात मारेर धमाधम गाडी स्टार्ट गर्यौ । सिटबेल्ट कसी एकपल्ट मलाई हेर्दापनि नहेरी चुपचाप आफ्नो बाटो ततायो । म उ गएको बाटो एकोहोरो हेरिरहेको थिएँ । नियतिले आज मलाई नराम्रोसँग ठगेको थियो । मेरो जीवन,पवित्र प्रेम अनि खुशिहरु जतियता रूपी तगारोमा बन्धकी बनिसकेका थिए । शिक्षित भएरपनि म लुटिएकी थिएँ,थिचिएकी थिएँ,प्रतिकार गर्न सकेको थिइन । म उ गएको बाटोतर्फ एकोहोरो हेरिरहेँ……..उसले धारा प्रवाह रूपमा बोलेका कथित तल्लो जात र उपल्लो जातका बिभिदता समाजको हेर्ने दृष्टिकोण…… अनि कथित रुढिवादी संस्कार अझै फरक छ …….हाम्रो भन्दा अझै उच्च छ । बिस्तारै परिवर्तन हुन्छ ……….भनाईको मतलब भाषण,सत्ता,र होटेलका चिकेन,मटन,छोयला खाने परिवर्तन पो चाँडै भएछ । यिनका गरिब मानसिकतामा माया,प्रेम अनि विवाह गर्ने अधिकारको बहाली हुन समय लाग्दछ ।

“त्यसो नभन विमल,तिमीले मलाई जुन सम्मान गर्यौआदर गर्यौ त्यही आदर्शमा पग्लिएर थाहै नपाई मैलेपनि तिमीलाई मन पराउन थालेँ माया गर्न थालेँ । यसको शुरुआत तिमीले नै गर्यौ । मेरो दिलमा माया रूपी मुना तिमीले नै रोप्यौ,एक अर्काबिना बाँच्नै नसक्ने कसम खायौ । मेरो काखमा लुटुपुटु गरेर भविष्यका सपना सजायौ । आज यो अवस्थामा तिम्रो र हाम्रो सम्बन्ध असम्भव छ भन्न तिमीलाई लाज लाग्दैन ? त्यो बेला के हेरेर बसेका थियौ ? जुन दिन म यो जातको छोरी भन्ने थाहा पाउँदा पाउँदै पनि हाम्रो परिवारमा जातभात भन्ने छैन भनेर समाजको सामु आदर्शका कुरा छाँट्ने तिमी नै होइन र ? आज फेरि तिम्रो र मेरो पवित्र प्रेम को अगाडी जातीयता कसरी तगारो बन्यो ? मेरो पवित्र मायामा के खोट थियो विमल? के कमी थियो ? त्यसो नभन विमल………….मलाई तिमी चाहिन्छ………. सिर्फ तिमी ! तिमी बिना म बाँच्न सक्दिन विमल ………………… ! ”

“पागल नबन साबी तिम्रो र मेरो वैवाहिक जीवन कुनै पनि हालतमा सम्भव छैन”उसले सिधै नकारात्मक पारामा भन्यो ।
“किन के कारणले सम्भव छैन ? कहाँनिर अमिल्दो छ ? तिमी र म बिच के फरक छ ?प्रगतिशील विचारधारा बोकेर हिँडेका सहयात्री,आस्थाका बन्दी हामी कुन कुराले रोक्छ र हामीलाई ?

मैले धाराप्रवाह रुपले कुराहरू सोधिरहेँ उ लगातार इन्कार गर्दैरह्यो । आखिर उ के कारणले म बाट यत्ति छिट्टै टाढा भयो ? उसको स्वार्थलाई बुझ्ने कोसिश गरेँ । “विमल तिम्रो अर्को कोही गर्लफ्रेन्ड छ ? छ भने प्लिज भन म तिम्रो खुसीको लागी हाँसी हाँसी आफ्नो पवित्र प्रेम त्याग्न तयार छु ।” उसले नकारात्मक पारामा शिर हल्लाउँदै भन्यो “छैन ।”

धेरैदिनपछि सुने बाबु आमाको मगनीबाट विमलले आफ्नो घर नजिकैबाट आफ्नै जातकी केटीसँग घरजम गरी बसिसकेछ । तर म भने जस्ताको तस्तै छु । उ सँग रहँदाको यादहरू अझै पनि मेरो मानसपटलमा ताजै छन् । उ सँग बिताएका सुखद क्षणहरूले हरपल मलाई चिमोटिरहन्छन् । जीवन सङ्घर्षका दौरानमा कैयौँ उतार चढावहरु आए गए । विमल भन्दापनि राम्रा केटाहरूले म सँग प्रस्ताव गरे तर कसैलेपनि मेरो मनभित्र बास गर्न सकेन ।अन्ततः म त्यै पापीको यादमा आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्न पुगेँ । भनिन्छ साँचो प्रेममा त्याग हुन्छ,तपस्या हुन्छ अनि बलिदान हुन्छ ,प्राप्ति होइन समर्पण हुन्छ । म त्यही फर्मुलाहरू अँगालेर बाँकी जीवन बिताईरहेकी छु । अब मलाई कुनै विमलको जरुरत छैन । शयनकक्षको भित्तामा विमलको फोटो टाँसिएको छ । हरदिन हरपल म त्यो फोटो हेरेर मनमनै भन्ने गर्छु निष्ठुरी ! मेरो पवित्र प्रेमलाई लात हानेर संकिर्णताको धरातलमा फर्किने स्वार्थी,छली र कपटी धिक्कार छ विमल तिमीलाई …………..पुरुषको रूपमा तिमी एक कलंक हौँ,समाज बिगार्ने दूषित सलह किरा हौ ।

“त्यसो भए मेरो जीवनसँग किन खेलबाड गर्यौ त ? तिमीलाई थाहा थियो नि म दलितकी छोरी भन्ने । के तिमीले मेरो शरीर सँग खेल्न मात्र खोजेको ? जातीय विभेदको अन्त्यको भाषण गर्ने बहानामा आफ्ना फोस्रा नाराहरूलाई समाजमा विज्ञापन मात्रै बनाउन खोजेको तिमीले ?आखिर तिमी पनि हामीहरूले जस्तै जातिवाद र रुढीवादको जरैदेखि निर्मूल गर्न खोज्न अगाडि बढेको अगुवा हो र,समतामूलक स्वास्थ्य समाजको स्थापना गर्न हिँडेका हौ भने किन त बर्षौ वर्षदेखि मायामा परिणत भएको पवित्र प्रेमको हत्या गर्न किन तिमी तम्सीएका छौ ?” यो कुराले उ अक्कनबक्क भयो । 

“त्यसो भए तिम्रो र मेरो जातपात मिल्दैन होइन ? याद छ ? तिमी र म सँगै कुममा कुम जोडेर खान पिउन,सुत्न,उठ्न हुने……..मेरो तिमीले सबथोक उपभोग गर्न हुने तर विवाह गर्न चाहिँ हुन्न होइन ?तिम्रो जात जान्छ होइन ?  तिमी ठुलो जात अनि म सानो होइन ?”
“माईन्ड योर लेङग्वेज !……….जथाभाबी बोलेर ठूली हुन नखोज साबी …..जे जति भयो तिम्रो र मेरो अन्डरस्ट्यान्डिङ मा भयो अब यो कुरा पाष्ट भइसक्यो……मैले त सब बिर्सिसकेँ । किनकि त्यो भुल तिम्रो थियो । पाष्टलाई सम्झेर के अब म मेरो प्रिजेन्ट बिगारूँ ? मेरो बाबा आमाको चाहनालाई लात हानु ? तिमी किन बुझ्ने कोसिश गर्दिनौ साबी ?”अकस्मात् उसले हामी दुईबिच देखाएको भिन्नता र बैचारिक नग्नताले मलाई अलि आक्रोशित बनायो । जातपातको निहुँमा उसले मेरो जीवनसँग खेलवाड गरिरहेको थियो । मैले उसलाई सम्झाउन हरपल कोसिस गरेँ तर सब बेकार भयो । उसले चोर औँला ठड्याँउदै भन्यो,

“समानता भन्दैमा तिम्रो र मेरो विवाह हुनुपर्छ भन्ने छैन साबी ! मेरा पनि बाबा आमा छन्,इष्टमित्र छन्,छरछिमेकी छन् ,समाज छ, छुट्टै संस्कार छ । उनीहरूको अगाडि तिमीलाई अँगालेर के म उपहासको पात्र बनुँ ? तिम्रो र मेरो सम्बन्ध समाजले पचाउन प¥यो नि ? परिवर्तन भनेको बिस्तारै हुने कुरा हो एकैचोटि कुनै पनि हालतमा हुन सक्दैन । सो द्याट यु प्लिज लिभ दि म्याटर……….आई कान्ट एसेप्ट दिस पर्पोज…….ट्राई टु अण्डरस्ट्याण्ड मी ल्पिज ………”

म छाँगाबाट खसेझैँ भएँ,भनन रिँगटा लाग्यो,एक पवित्र प्रेमको मुना अंकुराउन, फक्रन, फूल्न, नपाउँदै ओईलिईसकेको थियो,मेरो होश ठेगानमा थिएन । उसले भनेको कुराको विश्वास नै लागेको थिएन मलाई तरपनि क्षणभरमै उसले सबथोक भनिसकेको थियो । किनकिन आज मलाई आफू सहारा विहीन भएको अनुभूति हुनथाल्यो । जसलाई जीवन मानेर हरदिन हरपल उसकै यादमा आफूलाई समर्पित गरेकी थिएँ उसले नै जातीय रूपी खाडलको बहानामा मलाई लात मार्ने धृष्टता गरेको थियो

अफसोस ! उसले मेरो पवित्र आग्रहलाई लात मारेर धमाधम गाडी स्टार्ट गर्यौ । सिटबेल्ट कसी एकपल्ट मलाई हेर्दापनि नहेरी चुपचाप आफ्नो बाटो ततायो । म उ गएको बाटो एकोहोरो हेरिरहेको थिएँ । नियतिले आज मलाई नराम्रोसँग ठगेको थियो । मेरो जीवन,पवित्र प्रेम अनि खुशिहरु जतियता रूपी तगारोमा बन्धकी बनिसकेका थिए । शिक्षित भएरपनि म लुटिएकी थिएँ,थिचिएकी थिएँ,प्रतिकार गर्न सकेको थिइन । म उ गएको बाटोतर्फ एकोहोरो हेरिरहेँ……..उसले धारा प्रवाह रूपमा बोलेका कथित तल्लो जात र उपल्लो जातका बिभिदता समाजको हेर्ने दृष्टिकोण…… अनि कथित रुढिवादी संस्कार अझै फरक छ …….हाम्रो भन्दा अझै उच्च छ । बिस्तारै परिवर्तन हुन्छ ……….भनाईको मतलब भाषण,सत्ता,र होटेलका चिकेन,मटन,छोयला खाने परिवर्तन पो चाँडै भएछ । यिनका गरिब मानसिकतामा माया,प्रेम अनि विवाह गर्ने अधिकारको बहाली हुन समय लाग्दछ ।

आफ्नो बिहे दलितसँग हुनु समानता हैन भने बिहे नकार्नु समानताको कसी हो ? अनि आफूले सोधेको प्रश्नको उत्तर आफैँ भेट्छु ,पहिला पहिला दलित जातको श्रम,सीप,रगत चल्दथ्यो तर पानी चल्दैनथ्यो । आजकाल बाहिर पानी,मदिरा,दलित चेलीबेटीहरूको ईज्यत सब चल्दछ तर ब्यवाहारमा तिनका रोगी मानसिकताको उपज र गलत संस्कारले सिङ्गो राष्ट्रमा सामन्तवाद हाबी छ । आज चेतनाको विकासका साथसाथै बाहिर मुखै जोडेर जुठो पुरो साटासाट गरेर खाने,सँगै सुत्ने उठ्ने, सबै जात समान भनी समानताको धन्दा चलाउनेहरू भित्र भने नयाँ ढङ्गको सामन्तवाद को पर्दा लागेको छ । सबथोक चल्छ तर उनीहरूलाई दलितकी छोरी चल्दैन ।

धेरैदिनपछि सुने बाबु आमाको मगनीबाट विमलले आफ्नो घर नजिकैबाट आफ्नै जातकी केटीसँग घरजम गरी बसिसकेछ । तर म भने जस्ताको तस्तै छु । उ सँग रहँदाको यादहरू अझै पनि मेरो मानसपटलमा ताजै छन् । उ सँग बिताएका सुखद क्षणहरूले हरपल मलाई चिमोटिरहन्छन् । जीवन सङ्घर्षका दौरानमा कैयौँ उतार चढावहरु आए गए । विमल भन्दापनि राम्रा केटाहरूले म सँग प्रस्ताव गरे तर कसैलेपनि मेरो मनभित्र बास गर्न सकेन ।

अन्ततः म त्यै पापीको यादमा आफ्नो सम्पूर्ण जीवन न्यौछावर गर्न पुगेँ । भनिन्छ साँचो प्रेममा त्याग हुन्छ,तपस्या हुन्छ अनि बलिदान हुन्छ ,प्राप्ति होइन समर्पण हुन्छ । म त्यही फर्मुलाहरू अँगालेर बाँकी जीवन बिताईरहेकी छु । अब मलाई कुनै विमलको जरुरत छैन । शयनकक्षको भित्तामा विमलको फोटो टाँसिएको छ । हरदिन हरपल म त्यो फोटो हेरेर मनमनै भन्ने गर्छु निष्ठुरी ! मेरो पवित्र प्रेमलाई लात हानेर संकिर्णताको धरातलमा फर्किने स्वार्थी,छली र कपटी धिक्कार छ विमल तिमीलाई …………..पुरुषको रूपमा तिमी एक कलंक हौँ,समाज बिगार्ने दूषित सलह किरा हौ । किनकि शिक्षित भएरपनि तिमीले आफूलाई परिवर्तन गर्न नसक्नु ठूलो भूल थियो ।

निष्कर्ष : (आजको युगमा पनि कैयौँ यस्ता दरिद्र मनस्थिति बोकेका विमलहरू बाहिरी आवरणमा प्रगतिशील हौँ भन्ने ढोँग रच्ने तर भित्रभित्रै तँ सानो जात र म ठुलो जात भन्नी होच्याउने,हियाउने,तलपार्ने प्रथा यथावत् छ । आखिर उ पनि त यही रोगी मानसिकताको उपज नै थियो । भाषणमा सबै जात समान भनी फोस्रा नारा अलाप्ने जात थाहा नपाएको भरमा अर्काकी चेलीबेटीलाई झुटो माया प्रेम गाँस्ने अनि जब दलित भनी थाहा हुन्छ तब पवित्र प्रेमलाई बन्धकी राखी चोखिन खोज्ने विमल जस्ता महापशुहरू यस समाजका सलह किरा हुन् त्यस्ताले जातीय खाडल पुर्ने, देशको विकास गर्ने कुरा त परै जाओस् उल्टो जातीय हिंसा अनि द्धन्द मात्र निम्त्याउँछन्,विनाश मात्र ल्याउँछन् । तसर्थ यिनीहरूको सही पहिचान हुन आवश्यक छ । समाजमा फैलिँदै गएका ती सलह किराहरूलाई हामीले यस टोल समाजबाटै बहिष्कार गर्न सक्नुपर्छ । तबमात्र मुलुक प्रगती पथमा अगाडि बढ्न सक्छ )

dastawejnews@gmail.com

    Comment Here!