नरेन्द्र बस्नेतको तीजको कोसेली ‘रुन बरी लै’ सार्वजनिक

                                                                         हेर्नुहोस् भिडियो

स्तावेज,असार ३१ गते मङ्गलवार, २०७६, काठमाण्डौं – हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर नरेन्द्र बस्नेतको तीजको कोसेली “रुन बरी लै” गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । यस अघि पनि नरेन्द्र बस्नेतले पापी घरैमा, चिटिक्कै मलाई सुहायो जस्ता लोकप्रिय गीतहरू सार्वजनिक गरिसकेका छन् । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडूले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा शङ्कर बीसी को निर्देशन रहेको छ भने शङ्कर बिसी र रीना थापा मगरले अभिनय रहेको छ । त्यस्तै गरी भिडियोमा मधुर बस्नेतको छायाङ्कन, नवीन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको शृङ्गार रहेको छ । गीतलाई मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

dastawejnews@gmail.com

    Comment Here!